नेपाली महिला क्रिकेट टिमले आज थाइल्याण्डको सामना गर्दै
काठमाडौं । नेपालले आज आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा थाइल्याण्डसँग खेल्दैछ ।
आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायारमा छनौट भइसकेका नेपाल र थाइल्याण्ड दुवै एशिया छनौटको सुपर थ्री अन्तर्गतको अन्तिम खेल एक अर्काविरुद्ध भिड्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजेदेखि शुरु हुनेछ । यो एशिया छनौट अन्तर्गतको यो अन्तिम खेल हो । यस खेलको नतिजाले दुवै देशलाई कुनै असर भने गर्दैन् ।
कुल ९ देशले भाग लिएको यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको थियो । नेपालको समुहमा बहराइन र हङकङ रहेका थिए । नेपाल समुह बिजेता हुदै सुपर थ्रीमा पुगेको थियो । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका थिए र समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।
समुहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेलेका थिए । फाइनल राउण्डमा युएईले दुबै खेलमा हार बेहोरेपछि बाहिरिएको छ । नेपाल र थाइल्याण्डदुबैले युएईलाई पराजित गरेका थिए ।
एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम थाइल्याण्डमा रहेको छ । नेपाली टिममा इन्दु बर्मा ९कप्तान०, पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।


प्रतिकृया दिनुहोस्