प्रभुराम शर्मालाई नेपाली सेनाका प्रधानसेनापतिको रुपमा नियुक्ति गर्ने सरकारकाे निर्णय

प्रभुराम शर्मालाई नेपाली सेनाका प्रधानसेनापतिको रुपमा नियुक्ति गर्ने सरकारकाे  निर्णय

गठबन्धन सरकारले नेपाली सेनाका का.मु.प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नै जिम्मेवारी दिने गरि नियुक्ति गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले रथी शर्मालाई कायममुकायमबाट पूर्ण प्रधानसेनापति नियुक्तीका लागि सिफारिसगर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

हाललाई कामुु प्रधानसेनापति शर्मालाई महारथीमा पदोन्नती गरेर प्रधानसेनापति नियुक्तीको प्रक्रिया सुरु भएको हो । यसका लागि केही समय लाग्ने भएकाले सरकारले संविधान अनुसार अग्रिम निर्णय गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापा अनिबार्य अवकाशमा जानेभएपछि शर्मालाई कायममुकायम मुकरर गर्न परम्परा अनुसार राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरिएको थियो। प्रधानसेनापति थापाको कार्यकाल २४ भदौंमा सकिदैछ । त्यसअघि उनी एकमहिना बिदामा छन् ।

२१ पुस २०२० मा काठमाडौंमा जन्मिएका शर्मा पुरानो गोरख गणबाट सैन्य अधिकृतका रुपमा सेवा प्रवेश गरेका थिए । उनले नेपालबाट कम्पनी कमाण्ड तथा स्टाफ अफिसर कोर्स र वार कलेज पास गरेका हुन् ।

सैनिक सेवामा पृतना, गण र गुल्मको सफलता पूर्वक कमाण्ड गरेका रथी शर्माले सैनिक सचिव, विभिन्न सैन्य विभागको महानिर्देशक र बंगलादेशमा सैनिक सहचारीको भुमिका समेत निभाएका छन् ।

शर्मा अमेरिकाको नियर इस्ट साउथ एशिया सेन्टर ९नेसा० र एशिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडीज ९एपीसीएसएस० ले संचालन गरेको विभिन्न सेमिनार र कोर्समा सहभागी भएका छन् ।

उनी सुप्रवल जन सेवा श्रीबाट विभुषित सैनिक अधिकारी हुन् ।

लोकप्रिय