एमाले-कांग्रेस मिलेर राष्ट्रिय संकट अन्त्य गर्ने एमाले महासचिव पोखरेलको दावी

एमाले-कांग्रेस मिलेर राष्ट्रिय संकट अन्त्य गर्ने एमाले महासचिव पोखरेलको दावी

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा विद्यमान राष्ट्रिय सङ्कट अन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन पुगेका महासचिव पोखेरलले बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई सङ्कटबाट बचाउनु रहेको उल्लेख गरे ।
‘समीमकरणको मूल उद्देश्य मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजाने, अहिलेसम्मका संवैधानिक कानुनी अभ्यासको समीक्षा गर्ने र संविधानको आवश्यक सुधार गरी मुलुकलाई स्थायित्व प्रदान गर्ने सङ्कल्प हो’, उनले भने ।

महासचिव पोखरेलले यो सरकार बनेपछि अर्थतन्त्र चलायमान हुन थालेको भन्दै युवाहरूलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न ‘स्टार्टअप’ परियोजना सुरु गरी बिना धितो कर्जा लिने व्यवस्था गरिएको जानकारी दिए ।

लोकप्रिय