कांग्रेस नेता राणाद्वारा नगरकोटीलाई आर्थिक सहयोग
भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवं समाजसेवी रबि राणाले तिथली नगरकोटी धिमेवाजा खल समितिका संयोजक बिनय नगरकोटीलाई आर्थिक सहयोग गरेका छन् । शनिबार भक्तपुरको सुर्य बिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा एक समारोह बीच आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् । कला र सस्कृति देशको पहिचान भएको भन्दै राणाले यसलाई बचाएर राख्नु सबैको कर्तव्य भएको बताए । साथै उनले कला संस्कृतिको संरक्षण गर्नको लागि अगाडि बढ्न सिंगो पार्टी र नागरिकहरुलाई आग्रह गरेका छन् ।
साथै उनले आगामी सनिबार दिक्षान्त हुनेलाई अग्रिम बधाई दिँदै आफुले सिकेका कुरा भावी पुस्तालाई पनि सिकाएर समाजलाई सहि मार्गमा लानेमा आफु बिस्वत भएको बताए ।
कार्यक्रममा धिमेवाजा संयोजक बिनय नगरकोटीले वडा, नगर पालिकामा सहयोग माग्दा सहगोग नदिएको र दिक्षितलाई दिक्षान्त समारोह गर्न समेत नसक्ने अपस्थामा राणाको सहयोगले आफुहरूको हौसला बढाएको बताए ।
प्रतिकृया दिनुहोस्