एभरेष्ट महिला भलिबल लिग आजबाट सुरु हुँदै
काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबारदेखि नेपालकोपहिलो फ्रेन्चाइ लिग भलिबल सुरु हुन लागेको हो ।
असोज १९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा इडब्लुभिएलमा टोली मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा उच्चस्तरका विदेशी खेलाडीको सहभागिता रहनेछ ।
काठमाडौँ स्पाइकर्सको मार्की खेलाडी उषा भण्डारीले पहिलो फ्रेन्चाइ प्रतियोगिताको ट्रफी जित्ने चाहना रहेको बताइन् । मधेश युनाइटेडमार्की निरुता ठगुन्नाले तयारी राम्रो भएकाले सबै टोलीमा तीन जना विदेशी खेलाडी भएकाले हरेक खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेधारणा राखिन् । हरेक वर्ष फ्रेन्चाइ लिग हुने अपेक्षा राखेकी निरुताले यो लिग आफ्नो खेल देखाउने एउटा राम्रो मञ्च मात्र होइन, आर्थिकरूपमा पनि सबल पार्ने प्रतियोगिता हो भन्ने धारणा राखिन् ।
ललितपुर क्विन्सकी मार्की सलिना श्रेष्ठले उपाधि जित्छु भन्ने लक्ष्यसहित तयारी गरेको जानकारी दिइन् । यस लिगका लागि हरेकटोलीमा १२ खेलाडी छन् । हरेक टिमले एक मार्की खेलाडीसहित ड्राफ्टबाट आठ÷आठ खेलाडी अनुबन्ध गरेका छन् । एक खेलाडीट्यालेन्ट हन्टबाट लिएका छन् । तीन विदेशी खेलाडी कोर्टमा उत्रन पाउने छन् ।
यद्यपि गण्डकी थन्डर्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकी थन्डर्सकी मार्की खेलाडी सरस्वती चौधरीले तयारीका लागिधेरै समय नपाएका कारण सुरुका एक/दुई खेल कठिन हुने बताइन् । उनका अनुसार विदेशबाट आएका खेलाडीसँग प्रशिक्षण गर्ननपाएकाले टिम सेट भएको छैन । टिम सेट भएपछि आफ्नो टिमले राम्रो गर्ने सरस्वतीको विश्वास छ ।
कर्णाली यस्विसकी मार्की सुमित्रा रेग्मीले अब पालो महिलाको भन्ने नारासाथ सुरु हुने लिगमा सबै उत्साहित रहेकाले सबैलाईशुभकामना व्यक्त गरिन् ।


प्रतिकृया दिनुहोस्