अन्तत सन्दीपलाई अमेरिकाले दियो भिसा, आजै जाने
काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । आइसीसी विश्वकप लिग –२ श्रृंखलामा सहभागी हुन जानेक्रममा अमेरिकी राजदूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार लामिछाने आजै बेलुकी अमेरिका उड्नेछन् । अमेरिकामा नेपाल, स्कटल्याण्ड र अमेरिकाबीचयही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म आइसीसी विश्वकप लिग –२ श्रृंखला हुँदैछ ।
त्यसअघि सुरु भएको टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ ।
डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेटगुमाएर एक सय ४७ रनमा समेटिएको थियो । अमेरिका र नेपालबीच तीन टी–ट्वेन्टी खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोलीआईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।


प्रतिकृया दिनुहोस्