महिला टी–२० विश्वकप फाईनलः न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिंड्दै
काठमाडौं । महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ । फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमाउपाधि भिडन्तका लागि आमने–सामने हुँदैछन् । फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ ।
न्युजिल्यान्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्ड १४ वर्षपछि टी–२० महिलाविश्वकपमा पहिलो पटक फाइनलमा पुग्यो ।
यसअघि सन् २००९ र २०१० मा न्युजिल्यान्ड फाइनलमा निराश भएको थियो । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमाउपाधि दाबेदार अस्ट्रेलियालाई सहजै आठ विकेटले हराएको थियो । छ पटकको विजेता अस्ट्रेलिया लगातार चौथो पटक टी–२० महिलाविश्वकप जित्ने दाउमा थियो ।
सन् २०१६ को च्याम्पियन वेस्ट इन्डिजलाई अर्को फाइनल खेल्न अन्तिम ओभरमा १५ रन बनाउनु जरुरी थियो तर सुजी बेट्सले सोओभरमा मात्र छ रन खर्ची एक विकेट लिएर न्युजिल्यान्डलाई उपाधि भिडन्तमा पुर्ययाइन् । न्युजिल्यान्डको जितमा अन्य बलर इडेनकार्सन (३–२९) र एमेलिया कर (२–१४) को पनि भूमिका रह्यो । पहिले ब्याटिङ गरी न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेटकोक्षतिमा १२८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजले आठ विकेटको क्षतिमा १२० रन मात्र बनाउन सक्यो ।
यसै गरी दक्षिण अफ्रिकाले लगातार दोस्रो पटक फाइनल खेल्ने भएको छ । घरेलु मैदानमा भएको पछिल्लो संस्करणमा दक्षिण अफ्रिकाउपाधि भिडन्तमा अस्ट्रेलियासँग निराश बनेको थियो । त्यसैले दक्षिण अप्रिकाका लागि अस्ट्रेलियाविरुद्धको जित बदला पनि भएको छ ।
समूह ‘ए’ विजेता बनेर सेमिफाइनलमा पुगेको अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १३४ रन बनाएको थियो । एनेकेबोस्चले ४८ बलमा अविजित ७४ रनको सम्झनलायक पालि खेलेपछि दक्षिण अफ्रिकाले १७.२ ओभरमै दुई विकेटको क्षतिमा १३५ रनबनाएर लक्ष्य हासिल गर्यो ।
कप्तान लउरा भोल्भार्टले पनि ३७ बलमा ४२ रनको उपयोगी पालि खेलिन् । यस नतिजासँग अस्ट्रेलियाले महिला विश्वकपमा १५खेलपछि हारको स्वाद चाखेको छ । सन् २००९ पछि अस्ट्रेलिया महिला विश्वकपमा पहिलो पटक पराजित भएको हो ।


प्रतिकृया दिनुहोस्