सुपरओभरमा अमेरिकालाई हराउदै टी–२० आई सिरिजको उपाधि नेपाललाई
काठमाडौं । अमेरिकाविरुद्धको टी–२० आई सिरिजमा नेपालले एक खेल अगावै उपाधि जितेको छ । खेल बराबरीमा सकिएपछि नेपाललेसुपरओभरमा जित निकाल्दै लगातार दुई खेल जितेर उपाधि चुमेको हो ।
३ रनको लक्ष्य पाएको नेपालले रन बनाउँदै जित निकाल्यो । नेपालको जितका लागि सोमपाल कामीले सुपर ओभरमा दुई विकेटनिकाले । त्यसअघि नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेललेविस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए । त्यसक्रममा भुर्तेलले सात चौका र ६ छक्का प्रहार गरे ।
यस्तै ओपनर अनिल साहले ३१ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा २५ रन जोड्दा कप्तान रोहित कुमार पौडेलले१८ रन बनाए ।
मात्र १२ बलको सामना गरेका गुलशन झाले १९ तथा करण केसीले ६ रन बनाए । ओपनर आशिफ शेख १ रनमा एलबीडब्लु धरापमा परेभने दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट भए । र आरिफ शेख एक रनमा रनआउट भए ।
यता अमेरिकाका लागि नोस्तुज केन्जी र जसदीप सिंहले दुई/दुई विकेट लिँदा सौरभ नेत्रभालकरले एक विकेट लिए। खराब सुरुवातगरेको नेपालले तेस्रो नम्बरमा कुशल भुर्तेल क्रिजमा आएपछि आक्रामक अग्रता लिएको थियो ।


प्रतिकृया दिनुहोस्