राजावादीद्वारा कोटेश्वरको भाटभटेनीमा तोडफोड र लुटपाट

राजावादीद्वारा कोटेश्वरको भाटभटेनीमा तोडफोड र लुटपाट

काठमाडौँ  । तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका केही समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा लुटपाट मच्चाएका छन् । कोटेश्वरमा आगजानी भएपछि तितरवितर भएका प्रदर्शनकारी लुटपाटमा संलग्न भएका हुन् ।

प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा तोडफोड गर्दै लुटपाटसमेत गरेका छन् । भाटभटेनीको परिसरमा राखिएको फलफूलसँगै विभिन्न सामान लुटिएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा फलफूल, पेय पदार्थसँगै अन्य सामान लुटेको देखिन्छ । शुक्रबार पूर्वराजा समर्थकको एक समूहले तीनकुनेमा विरोध कार्यक्रम राखेको थियो ।

लोकप्रिय