प्रेस काउन्सिल नेपालद्वारा पत्रपत्रिका वर्गीकरणको रिजल्ट प्रकाशित : सरकारी मुखपत्र गोरखापत्र दैनिक वर्गीकरणमा समावेश भएन
काठमाडौ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाहरुको बर्गीकरणसम्बन्धी रिजल्ट हालै सार्वजनिक गरेको छ । काउन्सिलले २ बर्षको पत्रपत्रिकाहरुको वर्गीकरणको नतिजा एकैसाथ सार्वजनिक हो । काउन्सिलले देशभरबाट प्रकाशित हुने दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक पत्रपत्रिकाहरुको वर्गीकरण गर्ने गर्दछ ।
यसबीच आ. व. २०७५÷०७६ को बर्गीकरण अनुसार ८ सय ४७ पत्रपत्रिकाहरु क, ख, ग र घ वर्गीकरणमा परेका छन् भने ३६ वटा पत्रपत्रिकाहरु कागजात नपुगेको र समाचार हुबहुमा परेका कारण वर्गीकरणमा समावेश भएका छैनन् ।
त्यसैगरी २०७६÷०७७ मा ८३३ पत्रपत्रिकाहरु विभिन्न वर्गमा वर्गीकृत भएका छन् भने ४५ वटा पत्रपत्रिकाहरु केहीको कागजात नपुगेको त केही पत्रपत्रिकाहरुले हुबहु समाचार प्रकाशन गरेका कारण बर्गीकरणमा समावेश भएका छैनन् । कागजात नपुगेकै कारण सरकारी मुखपत्र गोरखापत्र, अन्नपूर्ण, नयाँ पत्रिका लगायतका राष्ट्रिय दैनिक पत्रिकाहरु समेत बर्गीकरणमा समावेश भएका छैनन् ।
वर्गीकरणको नतिजा हेर्न तलको लिंक थिच्नुहोला ।
https://www.presscouncilnepal.gov.np/np/wp-content/uploads/2022/01/ABC-2075-076-final-Result-_.pdf
https://www.presscouncilnepal.gov.np/np/wp-content/uploads/2022/01/ABC-Result-076-077-Final-Result_.pdf
प्रतिकृया दिनुहोस्