मन्त्री श्रेष्ठद्वारा जग्गा धनी पुर्जा वितरण

मन्त्री श्रेष्ठद्वारा जग्गा धनी पुर्जा वितरण

 

काठमाडौ/भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई हालै लालपूर्जा वितरण गर्नु भएको छ ।
मन्त्री श्रेष्ठले सुुनसरीको जिल्लाको भोटेकोशी गाउपालिकामा आयोजित एक कार्यक्रमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँव्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताउनुुभयो ।
मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि सहभागि हुन नहुनेमा जोड दिनुभयो ।
उहाँले लालपूूर्जा नहुदा नागरिकता समेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपूर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गर्नु भयो ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग समेत गठन गरेर त्यसलाई पूूर्णता दिने काममा आफु लागिरहेको जानकारी गराउनुभयो ।
मन्त्री श्रेष्ठले आफूुले मन्त्रालय संहालेपछि प्रविधिको प्रयोगमा जोड दिएको, नक्साको मुल्य घटाउन लागिएको, जग्गाको लेखापढिमा जथाभावी रुपमा रकम लिने पद्धती रोक्न काम शुरु गरेको र मुक्त हलीया, कमलरी, कमैयाको बस्तविकता अध्ययन गर्न गरि समस्या समाधान गर्न काम शुरु गरेको पनि बताउनु भयो ।

लोकप्रिय