कामना सेवा विकास बैंकको KS DigiWorld सार्वजनिक

कामना सेवा विकास बैंकको KS DigiWorld सार्वजनिक

 

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल (KS DigiWorld) सार्वजनिक गरेको छ । बैंकले मिति २०७९ साल आषाढ २२गते मङ्गलबारका दिनप्क् म्ष्नष् ध्यचमिसार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवालागू भएपछि बैंकका ग्राहक महानुभावहरुले बैंकको वेबसाईट वामोबाईल एपमार्फत अथवाdigiworld.kamanasewabank.com मा गई एकद्वार प्रणाली मार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।KS DigiWorld मा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन्। साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थपगर्दै जाने योजना बनाएको छ ।

लोकप्रिय