कामना सेवा विकास बैंकद्वारा १८औं, १९ औं र २० औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १८औं, १९ औं र २० औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनि कबैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवाशुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ सालआषाढ २६ गते आईतबार बाट मोरङ्ग जिल्लाको केराबारी गा.पा. वडा नं. १० को थापाटारमा, सुन्दर सरैंचा न.पा. वडा नं. १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्तिगा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
मोरङ्ग जिल्लाको केराबारी गा.पा वडा नं. १० थापाटार स्थित केराबारी भ्यु होटल एण्ड बार (प्रो. धनबहादुर लिम्बु), सुन्दर हरैंचा न.पा वडा नं. १२ शुक्रबारे स्थित आरजु कस्मेटिक एण्ड रेडिमेड (प्रो. राजनभगत) र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ नमुना चोक स्थित बबि सप्लायर्स (प्रो. नन्दकुमार याफु राई)लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

मोरङ्ग जिल्लाको केराबारी गा.पावडा नं. १०का वडा अध्यक्षश्री पुर्ण बहादुर मगरले थापटारमा, सुन्दर हरौंचा न.पा. वडा नं. १२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले शुक्रबारेमा र झापाजिल्लाको बुद्ध शान्तिगा.पा. वडा नं. ०१ का वडा अध्यक्ष अनिल वाग्लेले नमुमा चोकम ाशाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो। कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकमभुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

 

 

 

लोकप्रिय