महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनआई सी एशिया क्यापिटल नियुक्त
काठमाडौँ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले प्रति ऋणपत्र अंकित मूल्य रु.१०००।– दरले कुल १अर्ब रुपैंया (१० लाखकित्ता) मूल्य बराबरको दशवर्षे ऋणपत्र बिक्री गर्न लागेको हो ।बैंकले ऋणपत्र निष्काशनको लागिएन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
आजमिति२०७९ सालश्रावण १६ गते सोमबारका दिन यस बैंकको केन्द्रिय कार्यालय दरवारमार्ग, काठमाण्डौमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एनआई सी एशिया क्यापिटल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवर (Private Placement) बाट र रु.४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यलेVISA EMV chips based travel Card, eCommerce card / Dollar card अबचम जारी गरीसकेको छ ।
समग्रमा chip based travel Card, eCommerce card / Dollar cardअबचम जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ । कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षितभई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।


प्रतिकृया दिनुहोस्